जोमसोमबाट पोखरा जाँदै गरेको बस कालिगण्डकी नदीमा खस्यो, ४ जना गम्भीर

जोमसोमबाट पोखरा जाँदै गरेको बस कालिगण्डकी नदीमा खस्यो, ४ जना गम्भीर
सुन्नुहोस्

बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते भएका छन्।

जोमसोम : मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित धम्पु सडकमा दुर्घटना भएको छ।  जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको म्याग्दी कोरला यातायात प्रा.लि.को बस बुधबार बिहान ८:३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते भएका छन्। अन्य यात्रु भने सामान्य घाइते छन्। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरी नायव उपरीक्षक (डीएसपी)रविन्द्रनाथ पौडेलले जानकारी दिए।

गम्भीर घाइते यात्रुलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने सामान्य घाइते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी ) पोडेलले जानकारी दिए।

बस दुर्घटनाको सूचना भएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली घटनाम स्थलमा पुगेर उद्दारमा खटिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.