ट्याक्टरले किचेर सहचालकको मृत्यु

ट्याक्टरले किचेर सहचालकको मृत्यु
सांकेतिक तस्बिर
सुन्नुहोस्

भित्री सडकखण्ड हुँदै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त ३०९९ नम्बरको ट्याक्टरले किच्दा दुर्घटना भएको हो।

विराटनगर: मोरङको लेटाङ नगरपालिका-३ मा ट्याक्टरले किचेर बुधबार दिउँसो सहचालकको मृत्यु भएको छ।

 
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भित्री सडकखण्ड हुँदै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त ३०९९ नम्बरको ट्याक्टरले किच्दा दुर्घटना भएको हो।

दुर्घटनामा परेर सोही ट्याक्टरका सहचालक लेटाङ-३ का अन्दाजी १६ वर्षीय मिलन राईको मृत्यु भएको कार्कीले बताए।
 
उनका अनुसार सडकमा गुडिरहेको ट्याक्टरबाट अचानक लडेका राईलाई बीचको चक्काले दिउँसो २:४० बजेतिर किचेको थियो। टाउको र मुखमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
 
दुर्घटनालगत्तै ट्याक्टरलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ। चालक फरार छन्। उनको खोजी जारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.