चुमनुब्रीमा पहिलोपटक पुग्यो गाडी

चुमनुब्रीमा पहिलोपटक पुग्यो गाडी
चुमनुब्री गाउँपालिका ३ जगत बगरमा पहिलो पटक पुर्‍याइएका सवारी साधन। तस्बिरः विशाल हिमाली घले।
सुन्नुहोस्

नेपाली सेना र स्थानीयबासीको उपस्थितिमा पहिलो पटक १२ वटा सवारी साधन जगत बगरसम्म पुर्‍याइएको स्थानीय विशाल हिमाली घलेले जानकारी दिए। 

गोरखा: गोरखाको हिमालपारिको गाउँपालिका चुमनुब्रीमा बुधबार पहिलोपटक सवारी साधन पुर्‍याइएको छ। नेपाली सेनाले सडक निर्माण गरेको बेनिघाट, आरुघाट, लार्के सडकअन्तर्गत दोभानदेखि जगतबगरसम्म बुधबार पहिलो पटक मोटर पुर्‍याइएको हो।

नेपाली सेना र स्थानीयबासीको उपस्थितिमा पहिलो पटक १२ वटा सवारी साधन जगत बगरसम्म पुर्‍याइएको स्थानीय विशाल हिमाली घलेले जानकारी दिए। 

जगतसम्म सवारी साधन चल्नेभएपछि अब आवतजावतमा सजिलो हुने भन्दै स्थानीयबासी खुशी भएका छन्। ‘सबैभन्दा ठूलो कुरा त अब हामी पनि मोटर चढेर सदरमुकाम जान पाउने भयौँ’, घलेले भने, ‘बर्खाका बेला बूढीगण्डकीले बाटो बिगारेर पैदल हिड्न समेत पाइँदैनथ्यो। अब बर्खामा गाडी चल्न नसके पनि कम्तिमा पनि पैदल हिँड्न त पाइने भयो।’ 

त्यस्तै दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीको ढुवानी भाडा पनि सस्तो पर्ने भन्दै स्थानीयबासी खुशी भएका घलेले बताए। 

सडक विभागले निर्माण गरिरहेको सो सडक गत २०७४ सालदेखि नेपाली सेनाले निर्माणको जिम्मा लिएको थियो। त्यसयता झण्डै ४० किलोमिटर सडकको ट्रयाक निर्माण भइसकेको छ। तर सवारी साधन भने करिब १८ किलोमिटरसम्म चल्ने भएको छ।

हावाडाँडादेखि दोभानसम्म यसअघिदेखि नै सवारी साधन चल्ने गरेको थियो। बुधबार पहिलो पटक परीक्षणका रुपमा सवारी साधन जगतसम्म लगिएको चुमनुब्री ३ का वडाअध्यक्ष  रामकुमार गुरुङले जानकारी दिए।

गोरखाको ११ पालिकामध्य १० वटा पालिकामा यसअघि सडक सञ्जाल पुर्‍याइएको थियो। सवारी साधन पुग्न बाँकी एक मात्र चुमनुब्रीमा पनि बुधबार सवारी साधन पुर्‍याइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.