'भद्रपुर झापा गोल्डकप'लाई भद्रपुर नगरले दियो ३० लाख

'भद्रपुर झापा गोल्डकप'लाई भद्रपुर नगरले दियो ३० लाख
सुन्नुहोस्

भद्रपुर नगरपालिकाको कार्यालय बुधबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख गणेश पोखरेलले भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकाललाई नगरपालिकाले अनुदान बापत उपलब्ध गराएको ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
 

झापा: भद्रपुर नगरपालिकाले भद्रपुर झापा गोल्डकपलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। नगरपालिका र गोल्डकप आयोजक समितिबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।

 
भद्रपुर नगरपालिकाको कार्यालय बुधबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख गणेश पोखरेलले भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकाललाई नगरपालिकाले अनुदान बापत उपलब्ध गराएको ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
 
नगरपालिकाको ११ औं नगर सभाबाट पारित नीति तथा कार्यक्रम र बजेट अन्तर्गत भद्रपुर झापा गोल्डकप प्रतियोगिता सञ्चालन गर्न खेलकुद विकास शीर्षकमा विनियोजित रकममध्ये कार्यपालिकाको माघ २० गतेको निर्णयअनुसार अनुदान बापत सो रकम उपलब्ध गराएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए । 

साथै सोही अनुसार दुवै पक्षबीच भएको सम्झौतामा प्रथम पक्ष नगरपालिकाले एकमुष्ट सो रकम उपलब्ध गराउने र गोल्डकप सञ्चालन गर्ने खेल अवधिभर कार्यालयको तर्फबाट अनुगमन, निरीक्षण तथा आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गरिएको छ । 

दोस्रो पक्ष गोल्डकप आयोजक समितिले प्रतियोगिता सम्पन्न भएपछि संस्थाले आर्थिक वर्ष सम्पन्न भएको तीन महिनाभित्र लेखा परीक्षण गराई लेखा परीक्षण प्रतिवेदन नगरपालिकामा पेश गर्नुपर्ने, समितिले गोल्डकप कार्य सम्पन्न तथा प्रगति प्रतिवेदन पेश गर्नुपर्ने, गोल्डकपले पेश गरिएको प्रस्तावना बमोजिमको शीर्षकहरूमा मात्र खर्च गर्नुपर्ने र लेखा परीक्षणमा यस नगरपालिकाबाट उपलब्ध गराइएको शीर्षकमा नगरपालिको योगदान उल्लेखसहित महालेखा परीक्षकले लेखा र स्रेस्ता हेर्न चाहेमा उपलब्ध गराउनु पर्ने पत्रमा उल्लेख गरिएको छ । 

सो सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रेग्मी, लेखा अधिकृत सुवास भट्टराई र आयोजक समितिका तर्फबाट अध्यक्ष ढकाल र महासचिव जीवनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

यता कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले नगरभित्र रहेको मेची रंगशाला ओझेलमा परेकोले यसलाई पुनर्जीवन दिन अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्नुपछि भनी नगर सभाबाटै पारित गरिएको बताए । त्यसपछि यहाँका उद्योगी, व्यवसायी, बुद्धिजीवी, खेल प्रेमी, नागरिक समाजसँग छलफल गरी दीपेश ढकालको अध्यक्षतामा आयोजक समिति गठन गरिएको बताउँदै उनले भने, ‘आयोजक समितिले उत्कृष्ट काम गरी गोल्डकपलाई सभ्य र भव्य रुपमा सञ्चालन गर्ने चरणमा पुगिसकेकोले नगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ 

त्यस्तै गोल्डकप आयोजक समितिका अध्यक्ष ढकालका अनुसार नगरपालिकाले ३० लाख रुपैयाँ बजेट नछुट्टाएको भए गोल्डकप सञ्चालन गर्न आयोजक समितिलाई कठिनाइ हुने थियो । 

गोल्डकप सञ्चालनका लागि नगरपालिकाले पुर्‍याएको योगदान र सहयोग कदर गर्दै उनले भने, ‘गोल्डकपको हिसाबकिताबमा कुनै तलमाथि हुन दिँदैनौँ, न त एक रुपैयाँ खान्छु, न त कसलाई खान दिन्छु ।’ नगरपालिकाकी उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका योगेन्द्र पौडेलले गरेका थिए । 

यही फागुन ७ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा भारत, भुटान र बङ्गलादेश गरी १० वटा टिमको सहभागिता रहेको छ । उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारतबीच हुनेछ। पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ ।  प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइनेछ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.