अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक

अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए। 

निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको छ। आज मतदाता नामावली सार्वजनिक, उम्मेदवार दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको उनले बताए। आज दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता, साँझ ६ बजे देखि ७ बजेसम्म उम्मेदवारी दर्ता फिर्ताका लागि समय तोकिएको छ। 

त्यस्तै भोलि फागुन ४ गते बिहान ९ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ। अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि सहमतिको प्रयास भइरहेको जानकारी दिए। 

नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव बडाल रहेका छन्। महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्नेछ। महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन्। 

त्यस्तै निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठानमा मंगलबारदेखि सुरु भएको महाधिवेशन बिहीबारसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.