पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु

पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु
सुन्नुहोस्

जेनेभा : लिबियामा पानीजहाज दुर्घटनामा परी ७३ जना आप्रवासीको मृत्यु भएको छ। जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसंघले बुधबार जनाएको छ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले लिबियाको तटीय क्षेत्रमा मंगलबार भएको डुंगा दुर्घटनामा परी कम्तीमा ७३ आप्रवासी बेपत्ता भएको र उनीहरूको मृत्यु भएको जनाएको छ।

राजधानी त्रिपोलीबाट करिब ७५ किलोमिटर पूर्वमा रहेको कास्र-अल-अख्यारबाट ८० जना यात्रु बोकेको डुंगा युरोपतर्फ जाँदै थियो। हालसम्म ११ जनाको मृत शरीर निकालिएको लिबियाली रेड क्रिसेन्ट र स्थानीय प्रहरीलाई उद्धृत गरी आइओएमले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायले भनेको छ, 'लिबियाको तटीय क्षेत्रमा अत्यन्तै गम्भीर अवस्थामा सात जनालाई जीवित उद्धार गरिएको छ। उनीहरूको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा घातक आप्रवासी समुद्री मार्ग हो।

आइओएमका अनुसार पछिल्लो दुर्घटनामा मृत्यु भएकाको सङ्ख्यासँगै यस वर्षको सुरुदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३० पुगेको छ। आइओएमको ‘मिसिङ माइग्रेन्ट प्रोजेक्ट’का अनुसार सन् २०२२ मा उक्त मार्गमा एक हजार ४५० भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो।

सन् २०१४ यता त्यहाँ १७ हजारभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएको उल्लेख छ। आइओएमले खोज र उद्धार क्षमता बढाउन, स्पष्ट र सुरक्षित अवतरण संयन्त्र स्थापना गर्न र खतरनाक यात्रालाई कम गर्न आप्रवासनको लागि सुरक्षित र नियमित मार्गहरू स्थापना गर्न राज्यहरूले ठोस कदम चाल्न आवश्यक रहेको पनि बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.