ग्यास सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र आमा हरिकला गम्भीर घाइते
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा आमाछोरा जलेर घाइते भएका हुन्।
काठमाडौं : ग्यासको सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन्। काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा आमाछोरा जलेर घाइते भएका हुन्।
प्रतिनिधि सभाका सदस्यसमेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। ‘ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ वर्षीया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेको छ।’मध्यराती ट्वीटमा शर्माले लेखेका छन्, ‘अस्पतालबाट भर्खर फर्किएको छु। ममतामयी माता र आदरणीय चन्द्र दाई दुवैको सिघ्र स्वास्थलाभकालागि भगवानसँग प्रार्थना गर्दछु।’
अस्पतालका अनुसार आगोले जलेर नेता भण्डारीको शरीरको २५ प्रतिशत र उनकी आमाको भने करिब ७० प्रतिशत भागमा असर पुर्याएको छ।