जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको आईसियूमा उपचार हुँदै
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति ग्यास विष्फोट भएको हो।
काठमाडौं : ग्यासको सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारीको आइसियूमा उपचार भइरहेको छ।
सिलिण्डर विस्फोटपछि घाइते भएका सांसद भण्डारी र उनकी आमाको कीर्तिपुर अस्पतालमा आइसियूमा उपचार भइरहेको अस्पतालका बर्न्स, प्लाष्टिक तथा रिकन्स्ट्रक्टिभ विभागका चिकित्सक डा. किरण नकर्मीले जानकारी दिए।
डा. नकर्मीले भने,‘हामीले २० प्रतिशतदेखि माथि जलन भएकाहरुलाई गम्भीर मान्छौँ । सांसद भण्डारीको २५ देखि ३० प्रतिशत जलन भएको अवस्था छ । उहाँको आमाको ७० प्रतिशत बढी जलन भएको अवस्था छ। हामीले थप इभ्यालुसन पनि गर्दैछौँ ।’
उनका अनुसार सांसद भण्डारीको अनुहार हात र खुट्टामा बढी जलन भएको बताए। काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति ग्यास विष्फोट भएको हो।