गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई सांसदको दबाब

गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई सांसदको दबाब
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सांसदहरूले संसद्बाटै दबाब दिएका छन्। बुधबार काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यवसायीहरूको प्रदर्शन सँगै लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरूले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको बताए। उनीहरूले सांसदहरूले गृहमन्त्री नियुक्तिको माग राखेका हुन्।

राप्रपाका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले भने ‘संसारका कुनै देशमा देखिने दृश्य जस्तो गोंगबुमा देखियो, ‘यो देशमा गृहमन्त्रालयको संयन्त्र छ। तर, गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरू मन्त्रालय किन बनाएको ?’ उनले गृहमन्त्री तत्काल नियुक्त गर्नसमेत माग राखेका छन्।’

नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतलगायतले पनि काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। रास्वपाका सांसद शिशिर खनालले पनि घटनाप्रति सरकारले गम्भीर हुनुपर्ने धारणा राखे। सांसदहरूले सुरक्षा व्यवस्था राम्रो नहुँदा घटना भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई सांसदहरूले गृहमन्त्री नियुक्तिका लागि दबाब दिएका हुन्।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीशको विषयमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराए। बैठकमा बोल्दै जनताको सार्वभौमताको संरक्षक अदालत कामुको भरमा चलेको विषयमा सरकार गम्भीर नभएको बताए। निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको महाभियोग प्रस्ताव अझै नटुंगिएकोमा आपत्ति जनाएका हुन्। उनले भने, ‘संविधानको धारा १११ को उपधारा १० मा पहिलो संसदमा भएको कानुनहरू स्वतः निष्क्रिय हुने व्यवस्था छ। 

प्रतिनिधिसभामा नियमावलीमा कुनै निश्चित व्यवस्था छैन।’ उनले आफूले कसैको साइड नलिएको बताउँदै संसद सचिवालयका महासचिवले दिएको पत्रलाई अन्यथा मान्नु नहुने तर्क गरे।

जनयुद्ध दिवसमा बिदा दिनु राणाकालीन प्रवृत्ति

सरकारले जनयुद्ध दिवसमा बिदा दिनु राणाकालीन प्रवृत्ति दोहोरिएको टिप्पणी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गरे। सुवालले राणाकालमा मन्त्रीहरूले मनलाग्दी बिदा दिने गरेको र अहिलेको सरकारमा पनि त्यही प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएका हुन्।

उनले नेपालमा राणा शासनको बिदा फेरि आएको हो ? भन्दै प्रश्न गरे। ‘देवशमशेर ८ महिना मन्त्री हुँदा २ महिना जुवा फुकुवा गरेको भन्ने आएको छ। भीमशमेशर ८ पटक जुवा फुकाएको र ५ दिन सिंदुर जात्रा गर्न बिदा दिएको भन्ने छ,’ उनले भने के नेपालमा राणा शासनको बिदा फेरि सुरु भएको हो ? सुवालले बेलायतमा ८ दिन र अमेरिकामा १४ दिन मात्रै वार्षिक बिदा दिने गरेको भन्दै नेपालले पनि उनीहरूबाट पाठ सिक्नुपर्ने बताए।

सुवालले राष्ट्रपतिको सवारीका क्रममा सधैंजसो सडक जाम हुँदा नागरिकले दुःख पाउने गरेको बताए। उनले भने, म आफैं पनि दुई घन्टा जाममा फसे। राष्ट्रपतिको यात्रा सडक जाम नहुने गरी गृहमन्त्रीको जिम्मेवारी लिनु भएका प्रधानमन्त्रीले किन जिम्मा लिनु भएन यसबारे संसदमा बोल्न दिनु जरुरी छ।’

सन्दीपको विषयमा प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले नेपाली क्रिकेट टोलीमा नाबालिग बलात्कारका आरोपित सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टिमको सदस्य बनाएकोमा प्रश्न उठाइन्। नेपाली टोलीमा बलात्कारका आरोपित रहनुले राष्ट्रसामु प्रश्न उठेको उनको भनाइ छ।

सांसद श्रेष्ठले बलात्कारका आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउने र न्याय निरुपणमा भएको ढिलाइले पीडितलाई मानसिक असर पर्ने बताइन्। ‘न्यायपालिकाको काम चुस्त–दुरुस्त र पारदर्शी हुनुप¥यो। सबैको पहुँचमा हुनुप¥यो। त्यसो नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजन हुन थालिसकेको छ। सन्दीप लामिछानेको मुद्दा हेरौं, त्यो कहिलेसम्म छिनोफानो गर्छौं ? यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो ?’ उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.