युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत
फाइल तस्बिर।

पेरिस : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ ।

मस्को महत्वपूर्ण सहयोगी रहेकोले करिब एक वर्षअघि युक्रेनमाथि भएको आक्रमणको निन्दा नगरेको बेइजिङले रूसलाई वार्ताको टेबलमा फर्कन दबाब दिनेछ भन्ने विश्वास आफूलाई रहेको म्याक्रोँले बताए। 

बुधबार पेरिसमा म्याक्रोँ र वाङले युद्धले अति जोखिममा रहेका मुलुकहरूमा पार्ने खाद्य सुरक्षा र वित्तीय असरबारेमा छलफल गरेका थिए।

उनीहरूले ‘अन्तर्राष्ट्रिय कानूनअनुसार शान्तिका लागि योगदान गर्ने एउटै उद्देश्य’ व्यक्त गरेका एलिसी प्यालेसले जनाएको छ । 

फ्रान्स भ्रमणपछि वाङले शुक्रबारदेखि आइतबारसम्म हुने म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुँदै आफ्नो भ्रमणलाई निरन्तरता दिनेछन् । उनले मस्कोको पनि भ्रमण गर्ने छन्।
फ्रान्सेली राष्ट्रपतिले जलवायु सङ्कटलगायत ‘विश्वव्यापी चुनौती’को सामना गर्न चीनसँग सहकार्य गर्ने बताएका छन्।

वाङले बुधबार फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनासँग भेटवार्ता गरेका थिए। बिहीबार उनले म्याक्रोँका कूटनीतिक सल्लाहकार इमानुएल बोनसँग रणनीतिक विषयमा छलफल गर्ने छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.