उपभोक्ताको आकलन : महंगी नियन्त्रण नहुने

उपभोक्ताको आकलन : महंगी नियन्त्रण नहुने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : आम उपभोक्ताले चर्को महंगीको मार खेप्नु परेको हरेक भान्छाबाटै गुनासो आइरहेको छ। 

अझै उपभोग्य वस्तुहरूको महंगी नियन्त्रण नहुने सर्वसाधारणहरूले आकलन गरेका छन्। दैनिक महंगीको मार खेपेका आम उपभोक्ताहरू अझै मुद्रास्फिती दोहोरो अंकमा पुग्ने अनुमान गर्छन्। 

अहिलेको भोगाइलाई आधार मानेर आम उपभोक्ताले आगामी वर्ष मुद्रास्फिती १२ प्रतिशतसम्म पुग्ने अनुमान गरेका हुन्। 

यस्तै अबको तीन महिना पछिको मध्यक अपेक्षित मुद्रास्फिती १० प्रतिशत पुग्ने अनुमान गरेका छन्। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकको ‘अपेक्षित मुद्रास्फिती सर्वेक्षण’मार्फत यस्तो नतिजा सार्वजनिक गरेको हो। 

यो सर्वेक्षण २०७९ पुष २४ देखि पुष ३० गतेसम्म ६० बजार क्षेत्रका व्यक्तिहरूसँग अन्तर्वार्तामार्फत गरिएको थियो। 

करिब २ हजार १० जना उत्तरदाताहरूसँग गरिएको सर्वेक्षणमा उनीहरूले आगामी दिनमा मुद्रास्फिती झन बढ्ने अनुमान गरेका हुन्। 

सर्वेक्षण अनुसार ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। 

अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा २०७९ असोजको तुलनामा घटेको छ। 

यसैगरी, खाद्यका साथै खाद्य उपसमूहअन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा २०७९ असोजको तुलनामा बढेको छ। 

तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फिती २०७९ असोजको तुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फिती घटेको सर्वेषणले देखाएको छ। 

यद्यपी यसअघि यस्तै सर्वेक्षेणमा मुद्रास्फिती १४ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको थियो। तर त्यति चर्को पनि नहुने अहिलेको सर्वेक्षणले देखाएको नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ बताउँछन्। 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्कका अनुसार आम सर्वसाधारणहरूको अपेक्षित मुद्रास्फिती उच्च छ। तर पहिलाको भन्दा कम हुने क्रममा रहेको उनले बताए। 'सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले घरजग्गाको मुल्य घट्ने आकलन गरेको उनले बताए। ‘यो सर्वसाधारणको आकलन अहिले कर्जा प्रवाह कम भएको छ र ब्याजदर बढेको  छ। यसैले घरजग्गाको मुल्य घट्ने धेरेको अपेक्षा भएको देखिन्छ,’ डा.श्रेष्ठले अन्नपूर्णसँग भने। 
सर्वेक्षणअनुसार अधिकांश सहभागीहरूले अझ घरजग्गाको मुल्य घट्ने अपेक्षा गरेका छन्। ‘गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा २०७९ असोजको तुलनामा केही घटेको छ,’ सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।

खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू, पेय पदार्थ तथा सूर्ति र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा २०७९ असोजको तुलनामा घटेको छ। 

समग्रमा महंगी बढ्दा आम उपभोक्ताको भान्सा महंगिएको छ। बजारलाई विश्लेषण गर्ने हो भने, 'चामलको गुणस्तर अनुसार एउटै बोराको न्यूनतम १ सय २५ रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्म थप मुल्य बढेको नेपाल खुद्रा व्यापार संघको तथ्यांकमा देखिन्छ। 

थोक मूल्यमा भएको वृद्धिसँगै चामलको उपभोक्ता मूल्य पनि बढेको खुद्रा व्यापारीहरू बताउँछन्। नेपाल खुद्रा व्यापार संघको माघ १५ गतेको तथ्यांकअनुसार त्रिशुली पोखरेली चामलकै प्रतिकिलो ७० रुपैयाँ रहेकोमा २० रुपैयाँले बढेर ९० रुपैयाँ पुगेको छ। 

सोही चामलको २५ किलोको प्रतिबोरा मुल्यवृद्धि ५ सय रुपैयाँसम्म पर्न गएको हो। यसबाहेकका अधिकांश वस्तुको मूल्य पनि आकासिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.