राज्यलाई नोक्सान पुर्‍याउनेलाई हामी छुट दिँदैनौं : मन्त्री श्रेष्ठ

राज्यलाई नोक्सान पुर्‍याउनेलाई हामी छुट दिँदैनौं : मन्त्री श्रेष्ठ
सुन्नुहोस्

डोटी : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति चयन गर्दा नेपालको राजनीति र राष्ट्रिय एकताको प्रक्रिया ठीक दिशाबाट अगाडि बढ्नेगरी सरकार लागिरहेको बताएका छन्।

दिपायलमा बिहीबारदेखि सुरु भएको तेस्रो प्रादेशिक महोत्सवको उद्घाटनमा आएका उपप्रधानमन्त्री श्रेष्ठले ऐतिहासिक समर्थनका साथ यो सरकारलाई संसदमा विश्वासको मत प्राप्त भएको कुरालाई समेत सम्बोधन हुनेगरी राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्न माओवादी लागिरहेको बताए। 

सुदूरपश्चिम प्रदेश सरकारको विषयमा कुरा गर्दै उनले भएको सरकारलाई चल्न दिनु, त्यसलाई सरकारको रूपमा दिनु र सहकार्य गर्नु स्वाभाविक रहेको बताए। त्यसैले यो विषय राजनीतिक दलहरुको छलफलकै एजेण्डामा रहेको उनले बताए।

'विकास निर्माणका आयोजनाहरू टेण्डर भएर पनि समयमा काम सम्पन्न हुन नसकेकाहरूलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं। सकेसम्म बाँकी काम गराउने हाम्रो उद्देश्य हो। तर काम सम्पन्न गर्ने स्थित छैन भने हामी टुलुटुलु हेरेर बस्ने छैनौं। टेण्डर गरेर वर्षौंसम्म राज्य र जनतालाई नोक्सानी पुर्‍याउने काममा हामी छुट दिन सक्दैनौं,' उनले भेन।

उपप्रधानमन्त्री श्रेष्ठलाई धनगढी, खुटिया, दिपायल हुँदै बझाङको ताक्लाकोट जोड्ने द्रूतमार्ग, करिब नौ वर्षदेखि सेती नदीमा अलपत्र अवस्थामा रहेको मोटरेवल पुल, सहजपुर, बिपीनगर, बोगटान हुँदै दिपायल जोड्ने सडक, सेती लोकमार्ग तथा पर्यटकीय स्थल खप्तड जाने सडक लगायतका विकास निर्माणका विषयमा छिटो पहल गरिदिन भन्दै डोटीका राजनीतिक दलको तर्फबाट संयुक्तरूपमा ज्ञापन पत्र बुझाइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.