स्कटल्यान्डविरुद्ध नेपालको राम्रो सुरुवात
पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेको स्टकल्यान्डले त्यसपछि लगातार विकेट गुमाउँदा ६६ रन मात्रै बनाउन सकेको छ।
काठमाडौं : विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले राम्रो सुरुवातगरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले १७ ओभरमा चार विकेट लिएको छ।
पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेको स्टकल्यान्डले त्यसपछि लगातार विकेट गुमाउँदा ६६ रन मात्रै बनाउन सकेको छ।
स्कटल्यान्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची बेरिङटन १९ रन बनाएर आउट भएका छन्। यस्तै, टोमस म्याकिन्टोस १९ तथा विकेटकिपर ब्याटर दुई रन बनाएर आउट भएका छन्।
अहिले क्रिजमा ब्रान्डोन म्याकमुलेन र क्रिस ग्रिएभ्स एक रन बनाएर खेलिरहेका छन्।
शृंखलामा यो दुवै टिमको दोस्रो खेल हो। नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो। यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो।
त्यो जितसँगै स्कटल्यान्ड विश्वकप क्रिकेट लिग २ च्याम्पियन बनिसकेको छ।