स्कटल्यान्डका माइकलको शतक
काठमाडौं : विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखला अन्तर्गत नेपालविरुद्धको खेलमा स्टकल्यान्डका ब्याटर माइकल लिस्कले शतक बनाएका छन्। त्रिवि क्रिकेट मैदानमा सातौं नम्बरमा क्रिजमा उत्रिएका लिस्कले ७९ बलमा तीन चौका र ९ छक्कासहित १०० रन पूरा गरेका हुन्।
स्कटल्यान्डले ४८ ओभरमा सात विकेट गुमाएर दुई सय ५८ रन बनाएर खेलिरहेको छ। शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो।
लिस्कसँगै अहिले क्रिजमा रहेका मार्क वाट १७ रन बनाएर खेलिरहेका छन्।