दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता सुरू

दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता सुरू
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

प्रतियोगिताका विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

भक्तपुर : भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा शुक्रबारदेखि दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उदघाटन संघीय सांसद प्रेम सुवालले एक समारोहबीच गरे । 

प्रतियोगिता फागुन ५ गतेदेखि १३ गतेसम्म हुने जनाइएको छ । प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सञ्चालन सुरू भएको हो । प्रतियोगिताका विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १६ वटा टिमको सहभागिता रहेको जनाइएको छ । प्रतियोगिताको उदघाटन खेल आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध एफसी काठमाडौंबीच सुरू भएको छ ।

अनुशासन र स्वास्थका लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

उदघाटन समारोहमा भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासु,आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवां,टिमका सल्लाहकार उकेश कवां, महानगरीय प्रहरी बृत जगातीका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ,अखिल नेपाल फुटबल एसोसिएसन एन्फाका उपाध्यक्ष वीरजंग शाह,भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा,भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखूलगायतले खेलकुदका विभिन्न क्षेत्रबारेमा चर्चा गरे ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.