दोलखामा इन्डोस्कोपी सेवा सुरु
दोलखा : दोलखाको च्छो-रोल्पा जनरल अस्पतालले जिल्लामै पहिलो पटक इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सुरु गरेको छ।
अस्पतालले आफ्नो १७औं वार्षिक उत्सवका अवसरमा इन्डोस्कोपी शिविर आयोजना गरी सेवा सुरु गरेको हो।
शिविरमा एमसिएच, जिआई सर्जन डाक्टर रोनी दाहालबाट २६ जनाको इन्डोस्कोपी र एक जनाको कोलोनोस्कोपी सेवा दिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिए।
दोलखा जिल्लामै न्यून शुल्कमा इन्डोस्कोपी ,कोलोनोस्कोपी सेवाले आम सेवाग्राहीलाई सहज हुने र यो सेवालाई निरन्तरता दिने अस्पतालले जनाएको छ।
शिविरमा एमसिएच जिआई सर्जन डाक्टर रोनी दाहाल, जनरल सर्जन डाक्टर अर्चना केसी, एनेस्थियोलोजिष्ट डाक्टर तुलसीराम श्रेष्ठ, नर्स गंगा केसी लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस !
५