राष्ट्रपति भण्डारीबाट ३९५ जनाले पाए सजाय माफी
![राष्ट्रपति भण्डारीबाट ३९५ जनाले पाए सजाय माफी](https://annapurnapost.prixacdn.net/media/albums/bidhyabhandari_20220310133433_XZfOHBHO27_klcxcaxzzg.jpeg)
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको कैद मिनाहा गरेका छन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सिफारिस गरेका पुष्कर गौतमसहित १४ जना र विष्णुकुमार लिम्बुसहित ३८१ जनाको कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिएका छन्।
विभिन्न अदालतबाट भएका फैसलाबमोजिम लागेको सजाय संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम माफी दिइएको जारी विज्ञप्तिमा उल्लेख छ। प्रजातन्त्र दिवसको अवसरमा उनीहरूको कैद मिनाहा हुने छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)