ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका-६ रामडाडाँमा शुक्रबार ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। 

चितवनबाट मनहरीतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई शुक्रबार बिहान साढे ६ बजे ठक्कर दिएको थियो। 

दुर्घटनामा कास्कीको निर्मलपोखरी-२ बस्ने ३८ वर्षीया अमृता परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.