बालाजुको सीसी क्यामरा हेर्दै आरोपीको पहिचान, ४० जना पक्राउ

खोजी कार्य जारी

बालाजुको सीसी क्यामरा हेर्दै आरोपीको पहिचान, ४० जना पक्राउ
फाइल तस्बिर।
सुन्नुहोस्

प्रहरी प्रवक्ता रिजालका अनुसार सीसीटीभी क्यामरामा कैद भएका दृश्य र फुटेजका आधारमा आरोपी पक्राउ परेका हुन्।

काठमाडौं : यातायात मजदुरको आन्दोलनका क्रममा बालाजु क्षेत्रमा लुटपाट र तोडफोड गर्ने ४० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता सीताराम रिजालले लोत्से मल तोडफोड गरी मोबाइल पसल लुटपाटमा संलग्न ११ जना र प्रहरीमाथि ढुंगामुढा गर्ने २९ जनालाई पक्राउ गरिएको छ। 

प्रहरी प्रवक्ता रिजालका अनुसार सीसीटीभी क्यामरामा कैद भएका दृश्य र फुटेजका आधारमा आरोपी पक्राउ परेका हुन्। अन्य केही आरोपीको पनि पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी राखिएको रिजालले जानकारी दिए। फागुन १ गते बेलुकी ६ बजे यातायात मजदुरले गोंगबु नयाँबसपार्क क्षेत्रमा आन्दोलन गरेका थिए।

त्यस क्रममा नजिकै रहेको लोत्से मलमा पनि आक्रमण गरी दुई वटा मोबाइल पसलमा लुटपाट भएको थियो। त्यस्तै, काठमाडौं सुपर मार्केटमा पनि लुटपाट गरिएको थियो। प्रदर्शनकारीले सडकमा राखिएका डिभाइडर पनि जलाएका थिए। 

  •     लुटपाटमा संलग्न ११ र प्रहरीमाथि ढुंगामुढा गर्ने २९ जना पक्राउ
  •     अन्य आरोपीको पनि पहिचान भइसकेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ

काठमाडौं महानगरको अनुरोधमा ट्राफिक प्रहरीले बसपार्क एरियामा गाडी पार्क गर्न निषेध गरेको थियो। बालाजु, माछापोखरीलगायतका ठाउमा पार्किङ गरेर यात्रु चढाउँदै आएका यातायात मजदुरले ट्राफिकले उक्त एरियामा पार्किङ निषेध गरी बसपार्कमा मात्रै पार्किङ गर्नुपर्ने नियम बनाएको भन्दै विरोधमा प्रदर्शन गरेका थिए। 

नेपाल मोबाइल व्यवसायी महासंघले लोत्से मलमा रहेको मोबाइल पसल लुटपाट हुँदा ८ देखि १० करोडबराबरको क्षति भएको बताएको छ। महासंघका अध्यक्ष भरत भट्टराईले मोबाइल पसल लुटपाट र तोडफोडको क्षतिपूर्ति सरकारले दिनुपर्ने बताएका छन्। महासंघका उपाध्यक्ष तथा लुटिएको मोबाइल पसल सञ्चालक अर्जुन चालिसेले प्रदर्शनका क्रममा आफ्नो पसलबाट ८ देखि १० करोड रुपैयाँबराबरको क्षति भएको बताएका छन्। 

उक्त प्रदर्शनका क्रममा लुटपाट र प्रदर्शनमा संलग्न सबै आरोपीलाई प्रहरीले खोजी रहेको छ। विभिन्न सामानसहित पक्राउ परेका उनीहरूलाई मुलुकी अपराध संहिता (ऐन), २०७४ परिच्छेद, २० चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगन्जबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए। 

घटनाको विषयमा छानबिन गर्न र दोषीलाई कारबाही गर्नुपर्ने चौतर्फी दबाब भएपछि छानबिन समितिसमेत गठन भएको छ। यही फागुन २ गते गठन भएको समितिमा डीआईजी मसाउद खाँको नेतृत्वमा पाँच टोली छन्। नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलका अनुसार समितिले सात दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउन मिति तोकिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.