साझेदारीमा आसिफ र ज्ञानेन्द्रको दुई कीर्तिमान

साझेदारीमा आसिफ र ज्ञानेन्द्रको दुई कीर्तिमान
तस्बिर : क्यान

काठमाडौं : नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन्। आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत नामिबियाविरुद्ध जारी खेलमा आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि पनि सर्वाधिक साझेदारीको कीर्तिमान बनाएका छन्।

यसअघि पनि दोस्रो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले नै यूएईविरुद्ध २०२२ नोभेम्बरमा एक सय २२ रनको कीर्तिमान कायम गरेका थिए।

यसअघि नामिबियाविरुद्ध नै कप्तान रोहित पौडेल र कुशल भुर्तेलले कीर्तिमानी साझेदारी गरेका थिए। उनीहरूको एक सय ३३ रनको साझेदारीको कीर्तिमान तोडेर आसिफ र ज्ञानेन्द्रले एक सय ३९ रनको कीर्तिमान बनाएका छन्।

विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा दोस्रो इनिङमा रोहित र कुशलले तेस्रो विकेटका लागि कीर्तिमानी एक सय ३३ रनको साझेदारी गरेका थिए।

उनीहरूले देव खनाल र दीपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीसँग एक सय २९ रनको कीर्तिमान तोडेका थिए।

नामिबियाविरुद्ध आसिफको अर्धशतक
आईसीसी विश्वकप लिग २ को त्रिदेशीय शृंखलाअन्तर्गत नामिबियाविरुद्ध दुई सय ७५ रनको लक्ष्य पछ्याइरहेको नपालका लाग आसिफ शेखले अर्धशतक बनाएका छन्।

त्रिवि क्रिकेट मैदानमा ओपनिङ गर्न क्रिजमा उत्रिएको आसिफले ६२ बलमा पाँच चौका र एक छक्कासहित ५० रन पूरा गरे। अर्का ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको नेपालका लागि आसिफले पूर्व कप्तान ज्ञानेन्द्र मल्लसँग ९९ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका छन्।

वान् डाउनमा क्रिजमा उत्रिएका ज्ञानेन्द्रले ६० बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाएका छन्। नामिबियाका लागि रुबेन ट्रम्पेल्म्यानले एक विकेट लिदाँ अन्य बलर विकेटविहीन छन्।

पहिलो इनिङमा नामिबियाले ६ विकेट गुमाएर दुई सय ७४ रनको योगफल तयार गरेको थियो। नामिबियाका लागि जेन ग्रीनले अविजित अर्धशतकीय इनिङ खेलेका थिए।

नामिबियाविरुद्ध ज्ञानेन्द्रको अर्धशतक

आईसीसी विश्वकप लिग २ को त्रिदेशीय शृंखलाअन्तर्गत नामिबियाविरुद्ध दुई सय ७५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ज्ञानेन्द्र मल्लले इनिङको दोस्रो अर्धशतक बनाएका छन्। यसअघि ओपनर आसिफ शेखले पनि ५० रन पूरा गरिसकेका छन्।

त्रिवि क्रिकेट मैदानमा ओपनिङ गर्न क्रिजमा उत्रिएको ज्ञानेनद्रले ६४ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन पूरा गरे। अर्का ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको नेपालका लागि आसिफ र ज्ञानेन्द्रले एक सय ९ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका छन्।

आसिफ अहिले ५३ रन बनाएर खेलिरहेका छन्। नामिबियाका रुबेन ट्रम्पेल्म्यानले एक विकेट लिँदा अन्य बलर विकेटविहीन छन्।

पहिलो इनिङमा नामिबियाले ६ विकेट गुमाएर दुई सय ७४ रनको योगफल तयार गरेको थियो। नामिबियाका लागि जेन ग्रीनले अविजित अर्धशतकीय इनिङ खेलेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.