एमालेले राष्ट्रपति माग्दै हिँडेको थिएन, प्रचण्डले नै बचन दिएका हुन् : योगेश भट्टराई

एमालेले राष्ट्रपति माग्दै हिँडेको थिएन, प्रचण्डले नै बचन दिएका हुन् : योगेश भट्टराई
सुन्नुहोस्

वीरेन्द्रनगर : नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले राष्ट्रपति माग्दै नहिँड्ने बताएका छन्।वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रचण्ड आफैंले राष्ट्रपति र सभामुख एमालेलाई दिने बचन दिएको बताए। 

'एमाले पर्ख र हेरको अवस्थामा रहँदा गत पुस १० गते बालुवाटारबाट प्रचण्ड बालकोट पुगेकै हुन्। बालकोटमा प्रचण्ड आफैंले एमाले-माओवादी ढाई ढाई वर्ष सरकारको नेतृत्व गर्ने, पहिलो कार्यकाल कांग्रेसले आफूलाई नेतृत्व नदिदा एमालेसँग आउनु परेकाले आफूलाई पहिलो कार्यकाल सरकारको नेतृत्व दिनुपर्ने र यसो गरेबापत ठूलो दलको हिसाबले एमालेलाई सभामुख र राष्ट्रपति दिने सहमित गरेका हुन् हामीलै कसैसँग पनि पद मागेका थिएनौं,' उनले भने। 

एमालेले सुरु गरेको दुई महिने मिशन ग्रासुट अभियानको सिलसिलामा सुर्खेत आएका युवा नेता भट्टराईले आगामी बैशाख ९ गतेसम्म एमालेलाई व्यवस्थित र ऊर्जाशील पार्टी बनाउन लागिरहेको बताए। 'पार्टीको संगठन सदृढ र विस्तार गर्नका लागि यो अभियान थालिएको हो। गत निर्वाचनमा पार्टीका नेताहरूले गरेका सहयोग र असहयोगको सूचना संकलन पनि गर्नु हो। असहयोग गरेको तथ्य भेटिए केन्द्रीय स्तरका नेताहरू पनि कारबाहीमा पर्छन्,' उनले भने। कर्णालीमा पार्टी उपाध्यक्ष सुवास नेवाङको नेतृत्वमा अनुगमन समिति पनि खटाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.