रुम्जाटारको शिव मन्दिरमा दलितलाई पूजा गर्न अवरोध

रुम्जाटारको शिव मन्दिरमा दलितलाई पूजा गर्न अवरोध
रुम्जाटार। फाइल तस्बिर
सुन्नुहोस्

ओखलढुंगाः सिद्धिचरण नगरपालिका वडा नं ४ स्थित रुम्जाटारको शिव मन्दिरमा शिवरात्रीको अवसरमा पूजा गर्न दलित समुदायका व्यक्तिलाई अवरोध गरिएको छ। शिव मन्दिरको रेखदेख गर्दै आएका लक्ष्मण गुरुङलगायतले अवरोध गरेका हुन्।

 
पूजा गर्न पुगेका अन्य समुदायका व्यक्तिलाई सहजीकरण् गरेका उनले दलित समुदायका व्यक्ति आउनासाथ मिल्दैन भनेर रोक लगाएको स्थानीयले बताए। शिक्षिका कृष्णकुमारी गजमेरका अनुसार उनकी आमालाई पूजा गर्न दिएका थिएनन्। आमाले किन नपाउने भनेर प्रश्न गरेपछि कृष्णकुमारी समेत पुगेकी थिइन्।
 
उनले समेत प्रतिवाद गरेर मन्दिर प्रवेश गरेपछि गुरुङले मन्दिरको गेट लगाएका थिए। उनले समितिको निर्णय अनुसार नदिएको भन्दै गेट लगाएपछि सञ्चारकर्मीलाई खबर गर्ने बताएपछि गेट खोलेको कृष्णकुमारीले बताइन्। यो घटनाको नजिकबाट नेपाल प्रहरीका सुरक्षाकर्मीहरुले हेरिरहेपनि कुनै प्रतिक्रिया नदिएको स्थानीयको गुनासो छ।
 
दलितलाई पूजाआजामा अवरोध गरेको विषयमा गुरुङले आफुहरुले त्यसरी नरोकेको दावी गरेका छन्। पूजारीलाई जुठो परेकोले पूजाआजा नभएको तर मन्दिरमा नलगाएको भन्दै पन्छिएको पत्रकार तथा दलित अधिकारकर्मी राज दयालले बताए। यसबारे प्रतिक्रिया लिन पटक पटक फोन गरे पनि गुरुङले अन्नपूर्ण संवाददाताको फोन काटेका छन्।
  
यसबारे कानुनी उपचार खोज्ने पीडित पक्षले बताएका छन्। ‘पटक पटक यसरी हामीलाई अमानवीय व्यवहार भएको छ, अहिलेसम्म सह्यौं अब सहन सकिँदैन’ शिक्षिका गजमेरले अन्नपूर्णसँग भनिन् । पत्रकारले यो विषय सोधीखोजी गर्दा प्रहरी समेत मन्दिरमा पुनः पुगे पनि स्थानीय र वडा अध्यक्षले यस्ता विषय समाजमा मिल्नु पर्ने भनेको स्थानीयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.