खेल पुर्वाधार बनाउन बजेट अभाव हुँदैन: कांग्रेस उपसभापति खड्का
वीरेन्द्रनगर: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पुर्वाधार बनाउन बजेट अभाव नहुने बताएका छन्।
सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस नेता खड्काले शनिबार प्रदेश गौरबको आयोजना निर्माणाधिन प्रदेश रंगशालाको अनुगमन गर्दै १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने तय भईसकेकाले संघीय सरकारसँग समन्वय गरी खेलकुद पूर्वाधार निर्माण गर्न बजेटको अभाव हुन नदिने बताए।
कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विषमित्र सञ्ज्यालसँग रंगशाला निर्माणको कामका साथै १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अवस्था बुझ्दै उपसभापति खड्काले संघीय सरकारबाट बिनियोजन गर्नुपर्ने बजेटका लागि आफु पहल गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
१