महाशिवरात्रीमा स्याङ्जाको छाङ्छाङ्दीमा मेला
स्याङ्जा: भीरकोट नगरपालिका ४ स्थित छायाक्षेत्र मन्दिरमा महाशिवरात्रीको पुजाअर्जनामा धेरै भक्तालुजनहरुको उपस्थिति भएको छ। श्रीस्वथानी ब्रत कथामा समेत छाङ्छाङ्दीको महिमा उल्लेख गरिएकाले पनि भक्तजनको संख्या धेरै हुने गरेको छ।
गण्डकी प्रदेशकै प्रसिद्ध छाङछाङदी मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीका भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिए।
जिल्लाकै नमूना मन्दिर र सबै प्रकृतिका मानिसका लागि प्रवेशमा सहज भएकाले सँधैजसो भक्तजनको घुइँचो गरेक गरेको छ। साताअधिदेखि मन्दिर परिसर लगायत प्रवेशद्धारमा रंगरोगन, ध्यजापतकाले सजाइएको छ।
मन्दिरमा पूजा गर्न लाईन बसेर अथवा छिटो माध्यमबाट पनि जान सकिने ब्यवस्था मिलाइएको छ।