मन्दिरमा दलितलाई अवरोध

मन्दिरमा दलितलाई अवरोध
फाइल तस्बिर।
सुन्नुहोस्

ओखलढुंगा : कानुनले छुवाछूतलाई दण्डनीय बनाए पनि सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा महाशिवरात्रीका दिन पूजा गर्न खोज्दा दलित समुदाय विभेदमा परेका छन्। 

मन्दिरको रेखदेख गर्दै आएका लक्ष्मण गुरुङलगायतले अवरोध गरेका हुन्। अन्य समुदायका व्यक्तिलाई सहजीकरण गरेका गुरुङले दलित आउनासाथ मिल्दैन भनेर रोक लगाएको स्थानीयवासीले बताए। शिक्षिका कृष्णकुमारी गजमेरका अनुसार उनकी आमालाई मन्दिरमा पूजा गर्नबाट वञ्चित गरिएको थियो। गजमेर मन्दिरमा गएर प्रतिवाद गरेपछि गुरुङले मन्दिरको गेट लगाएका थिए। यो घटना सञ्चारमाध्यममा सार्वजनिक गर्ने भनेपछि गेट खोलेको उनले सुनाइन्। 

पुजारीलाई जुठो परेकाले पूजाआजा नभएको तर मन्दिरमा रोक नलगाएको भन्दै गुरुङ पन्छिएको अधिकारकर्मी राज दयालले बताए। यसबारे कानुनी उपचार खोज्ने पीडित पक्षको भनाइ छ। ‘पटक–पटक अमानवीय व्यवहार भएको छ। अब सहन सकिँदैन’, शिक्षिका गजमेरले अन्नपूर्ण पोस्ट्सँग भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.