डरपोकको साहस
एउटा हरिण घना जंगलमा बस्थ्यो। उसको एक छोरो थियो, जो अहिले युवा तथा शक्तिशाली छ। उसको विकसित सिङ तथा बलियो शरीरलाई देखेर हरिण भने निकै खुसी हुन्थ्यो। हरिणले सोच्यो, ‘बाह्रसिंगेहरूको सिङ बलियो हुन्छ। अतः कुकुरसँग या ब्वाँसोहरूसँग डराउनु भनेको तिनीहरूको कायरता हो। म चाहन्नँ कि मेरो छोरो यस्तो कायर बनोस्।’
केही समयपश्चात् त्यस हरिणको छोरो युवा बाह्रसिंगे नै त्यहाँ आएर उसको छेउमा उभियो। हरिण उसलाई साहसी बनाउने पाठ पढाउन चाहन्थ्यो। अतः उसले भन्यो, ‘छोरा ! तिम्रो शरीर निकै स्वस्थ छ अनि सिङ पनि निकै बलियो छ। त्यसैले तिमी कायर नबन्नु। शिकारी कुकुर तथा ब्वाँसोहरूलाई देखेर कहींकतै नभाग्नु है।’
‘हस् आमा, म भाग्ने छैन’, बाह्रसिंगेले जोश देखाएर भन्यो। आमाको विश्वास बुझेर सोहीअनुसार लड्ने प्रतिवद्धता पनि देखायो। ठीक त्यही समयमा आमा र छोराले शिकारी कुकुरहरू भुकेको आवाज सुने। आमा हरिण त्यहाँबाट भाग्नका लागि तयार भई। जब उसको छोरोले उसलाई नभाग्नका लागि भन्यो, तब उसले भनी, ‘तिमीचाहिँ नभाग है छोरा। मेरो त सिङ नै छैन।’ यति भनेर आमा हरिण टाप कसी।
नैतिक शिक्षा : डरपोकसँग साहस हुँदैन।