सिरियामाथि इजरायलको मिसाइल आक्रमण,१३ जनाको मृत्यु

सिरियामाथि इजरायलको मिसाइल आक्रमण,१३ जनाको मृत्यु
सुन्नुहोस्

एजेन्सी : सिरियाको राजधानी दमास्कसमा इजरायलले मिसाइल आक्रमण गरेको छ। मिसाइल आक्रमणबाट १३ जनाको मृत्यु भएको छ। सो हमलामा २८ बढि घाइते भएका छन्।

सरकारी टेलिभिजनमा देखाइएको भीडीयोमा एक १० तले भवन पूर्णरुपमा क्षति पुगेको छ। इजरायलले आक्रमण गरेको क्षेत्रमा भारी सुरक्षा व्यवस्थासहितको आवासीय परिसर निर्माण गरिएको छ । यो क्षेत्रमा बाक्लो बस्ती रहेको बताइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इजराइलले सो घटनाको जिम्मा लिन भने इन्कार गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.