एमालेले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने

एमालेले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने
सुन्नुहोस्

निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि  मनोयनको फागुन १३ गतेलाई तोकेको छ।

विराटनगर : नेकपा एमालेले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने जनाएको छ। निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि  मनोयनको फागुन १३ गतेलाई तोकेको छ। एमालेले सत्ता साझेदार दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार उक्त दिन मात्रै सार्वजनिक गर्ने भएको हो।

विराटनगरमा पुगेर एमाले अध्यक्ष ओलीले राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुने जानकारी दिए। ‘राष्ट्रपतिको विषयमा तत्काल हामीले कसैको नाम लिएका छैनौं,’उनले भने,  ‘राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुन्छ।’

ओलीले नेकपा एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरण निर्माण हुने बेला नै यस विषयमा सहमति भइसकेको स्पष्ट पारे। उनले भने, ‘राष्ट्रपति एमालेकै हुन्छ। अहिलेको सत्ता समीकरणको जन्मकुण्डलीमै त्यसबारे स्पष्ट व्याख्या गरिएको छ।’

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले एमालेको उम्मेदवारलाई सहयोग गर्ने विषयमा कुनै शंका उपशंका गर्ने ठाउँ नरहेको ओलीको भनाई छ।

राष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सांसदले मतदान गर्ने पाउनेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ। संविधानको व्यवस्था अनुसार कार्यकाल सकिनु अगावै निर्वाचन हुन लागेको हो। 



प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.