प्रजातन्त्र दिवसमा रक्तदान
स्याङ्जा : राष्ट्रिय प्रजातन्त्र दिवसमा आइतबार जिल्ला प्रशासन कार्यालयले रक्तदान कार्यक्रम गरेको छ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो।
२१ जना पुरुष र तीन महिलाले रक्तदान गरेको रेडक्रसका जिल्ला सभापति दिनेश अर्यालले जानकारी दिए। रगतदानपछि २४ पिन्ट रगत संकलन भएको छ।
संकलित रगत जिल्ला अस्पताल स्याङ्जाको रक्तसञ्चार गृहमा राखिने भएको छ।