४५ जना घाइते

पोखरामा बस दुर्घटना, घाइते हुनेमा अधिकांश पोखरा विश्वविद्यालयका विद्यार्थी

पोखरामा बस दुर्घटना, घाइते हुनेमा अधिकांश पोखरा विश्वविद्यालयका विद्यार्थी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

पोखरा : गगनगौडाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा ४५ बढि यात्रु घाइते भएको कास्की प्रहरीले जनाएको छ।

घाइते यात्रुहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अधिकांश पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी परेको बताइएको छ।  पोखरा विश्वविद्यालयको भोलि हुन लागेको दिक्षान्त समारोहमा भाग लिन विभिन्न ठाउँबाट आएका विद्यार्थी परेको दुर्घटनामा  घाइते भएकी बुटवलकी संगीता क्षेत्रीले अन्नपूर्णलाई जानकारी दिइन्। उनले भनिन्,'दुर्घटनामा अधिकांश पोखरा विश्वविद्यालयका विद्यार्थीहरू परेका छन्। भोलि विश्वविद्यालयको दिक्षान्त समारो छ।  ' 

घाइतेहरूको अवस्था सामान्य रहेको उद्दारमा खटिएका प्रहरीले जनाएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.