चालक निदाए, सचेत गराउँदा बस खोल्सामा खस्यो

चालक निदाए, सचेत गराउँदा बस खोल्सामा खस्यो
सुन्नुहोस्

कास्की: पोखराको डाँडाका नाक प्रहरी चौकी नजिकै आइतबार दिउँसो भएको बस दुर्घटनामा ५१ जना घाइते भएका छन्। ग १ ख ६७४७ नम्बरको माइक्रो बस पृथ्वीराजमार्गको मुख्य सडकबाट चौकी नजिकैबाट खोल्सामा खसेको हो।

  
बसका सवार मध्ये घाइते ४० जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा, ५ जनाको मेट्रो सिटी अस्पताल र पोखराकै फिस्टेल अस्पतालमा दुई जनाको उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ। दुर्घटनामा अधिकांश पोखरा विश्वविद्यालयमा सोमबार हुनेदीक्षान्त समारोहमा सहभागी हुन जाँदै गरेका विद्यार्थी र उनीहरूका आफन्त छ।दीक्षान्त समारोहमा सहभागी हुन आएका २४ जना सहित ५१ जना बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्स्पेक्टर ज्ञान खड्काले जानकारी दिए।
 
सामान्य घाइते उपचारपछि डिस्चार्ज भएका छन्। हात, खुट्टामा गहिरो चोट लागेकाको उपचार भइरहेको छ। सबै खतरामुक्त रहेको अस्पतालले जनाएको छ। चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

चालक निदाउँदा बस दुर्घटना
बसका सवार यात्रुले पोखराको व्यस्त डाँडाको नाक प्रहरी चौकी नजिकै आइतबारको बस दुर्घटना चालक निदाएर भएको बताएका छन्। 

चालक नजिकैको सिटमा बसेकी बुटवलकी संगीता क्षेत्रीले दुर्घटना अघि बस सडक छाडेर किनारतर्फ जाँदै गर्दा खस्न लाग्यो भन्दाभन्दै चालक निदाएर नसुनेको बताइन्। 

निन्द्रामा स्टेरिङ समाल्न नसक्दा दुर्घटना भएको बताइएको संगीताको भनाइ छ। क्षेत्रीले सोमबार पोखरा विश्व विद्यालयमा हुनेदीक्षान्त समारोहकालागि बुटवलबाट पोखरा आएको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.