खेलकुदको विकासमा राज्यको ध्यान पुगेन : कांग्रेस उपसभापति खड्का

खेलकुदको विकासमा राज्यको ध्यान पुगेन : कांग्रेस उपसभापति खड्का
सुन्नुहोस्

वीरेन्द्रनगर : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि राज्यको ध्यान नपुगेको बताएका छन्। 

पूर्व खेलकुदमन्त्री समेत रहेका कांग्रेस नेता खड्काले सुर्खेतको लेकबेसीस्थित जीवनज्योति नमुना माविमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन्।

उनले भने, 'खेलकुद हरेक नागरिकको स्वस्थ् र सव्य जीवनका लागि महत्वपूर्ण छ। खेलकुद क्षेत्रको विकासका लागि राज्यले लगानी त गरेको छ। तर पर्याप्त लगानीका लागि स्थानीय तहदेखि संघीय सरकारको ध्यान पुगेको छैन। खेलकुदमा व्यवसायिक रूपमा लागेर आफ्नो उज्वल भविष्य निर्माण हुने वातवरण सरकारले बनाउनुपर्ने अवस्था छ।'

खेल क्षेत्रमा लाग्दा अनुशासन, संस्कार र स्वाथ्य लाभ गर्न सकिने उनले बताए। वर्षौँदेखि रोकिएको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आफू खेलकुदमन्त्री हुँदा २०५४ सालतिर तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको नेपालगञ्जमा भव्य रूपमा सम्पन्न गराएको उनले बताए। 

कर्णालीमा खेलकुदका लागि आवश्यक पूर्वाधार विकास गरेको स्मरण गर्दै उनले हरेक नागरिक कुनै न कुनै खेलमा लागेर आफ्नो स्वास्थ्यको लाभ लिनुपर्ने बताए। 

कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने कुराले पनि उत्साह जगाएको बताउँदै उनले त्यसका लागि खेलाडीहरूले पनि आफ्नो क्षमता विकासका लागि मेहनत गर्न आग्रह गरे। 

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसीले प्रदेश सरकारले खेल पूर्वाधार निर्माण र खेलाडीको क्षमता विकासका लागि कार्यक्रम अगाडि बढाउने बताए। 

सुर्खेतको दशरथपुरमा आइतबारदेखि सञ्चालन भएको १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाबाट ३३ विद्यालयले सहभागिता जनाएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.