जग बसालेर अलपत्र

जग बसालेर अलपत्र
वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र चार वर्षदेखि निर्माण नहुँदा अलपत्र  कोल्ड स्टोर।
सुन्नुहोस्

२०७४/०७५ बाट निर्माण सुरु गरिएको उक्त कोल्ड स्टोर निर्माण कार्य हालसम्म पनि सम्पन्न भएको छैन। 

वीरेन्द्रनगर : सुर्खेतमा कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको छ। वीरेन्द्रनगर–१२ स्थित औद्योगिक क्षेत्रमा निर्माण गर्न लागिएको कोल्ड स्टोरको निर्माण कार्य अलपत्र छ। उच्च मूल्य कृषि विकास परियोजना (एचभीएपी) र प्रदेश सरकारको कृषि विकास निर्देशनालयले कोल्ड स्टोर निर्माणका लागि अनुदान दिएका थिए।

कर्णाली कोल्ड चेन लजिष्टिक प्रालिले कोल्ड स्टोर सञ्चालन गर्ने उद्देश्यका साथ भवन निर्माणसमेतको जिम्मा पायो। २०७४/०७५ बाट निर्माण सुरु गरिएको उक्त कोल्ड स्टोर निर्माण कार्य हालसम्म पनि सम्पन्न भएको छैन। 

एचभीएपीले आर्थिक वर्ष २०७४/०७५ मा तीन किस्ता गरी ६९ लाख ८९ हजार र कृषि विकास निर्देशनालयले आर्थिक वर्ष २०७६÷०७७ मा २७ लाख १२ हजार अनुदान कोल्ड स्टोर निर्माणका लागि भुक्तानी दिइसकेको छ।

जसमा कोल्ड स्टोर सञ्चालनका लागि कर्णाली कोल्ड चेन लजिष्टिक प्रालिले थप रकम आफैं व्यहोर्नुपर्ने हुन्छ। तर, एक करोड रुपैयाँ बराबरको अनुदान पाएको सो कम्पनीले आफ्नो सहलगानी नगरेर सरकारी अनुदान फजुल खर्च गराएको हो। 

सरकारी निकायबाट प्राप्त अनुदान र कम्पनीको लगानी गरी करिब २ करोड लागत हुन जान्छ। तर, हाल भवनको ग्राउण्ड लेभल फाउण्डेसनको निर्माण मात्रै गरिएको छ। निर्माण भएको ग्राउण्ड लेभल फाउण्डेसन पनि पुरानो भएर झाडी उम्रिएको छ।

एचभीएपी परियोजना हाल कार्यान्वयनमा छैन भने कृषि क्षेत्र विकास परियोजनाले एचभीएपीसँग सम्बन्धित कार्यहरू गर्दै आएको छ। सञ्चालक समितिका अध्यक्ष कलाधर उपाध्यायले लगानीकर्ताहरूबीच खटपट भएका कारण काम रोकिएको बताए। 

लगानी जुटाउन नसक्दा लगानीकर्ताहरूबीच खटपट भएको हो। कर्णाली कोल्ड चेन लजिष्टिक प्रालि र वीरेन्द्रनगर औद्योगिक क्षेत्रबीच २०७४ माघ १५ गते कोल्ड स्टोर निर्माणका लागि सम्झौता भएको थियो। औद्योगिक क्षेत्र अन्र्तगत रहेको १० रोपनी जग्गामा कोल्ड स्टोर निर्माण गर्ने गरी सम्झौता गरियो। वीरेन्द्रनगर औद्योगिक क्षेत्रका कार्यालयले कोल्ड स्टोर निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन लिखित तथा मौखिक रुपमा पटकपटक ताकेता गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.