सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह
सुन्नुहोस्

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताएका छन् ।

धनगढी :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहले पाँच वर्षसम्म आफ्नो नेतृत्वमा सरकार चल्ने दावी गरे।

'सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङगोमा पुग्छौं,'उनले भने।

प्रदेश मध्यावधि निर्वाचनमा नजाने बताउँदै उनले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पारे। उनले जनताको भावनाअनुसार नै आफू नेतृत्वको सरकार अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्य तर्जुमा समिति गठन गरी काम अघि बढिरहेको उनको भनाइ छ । 

उनले प्रदेशको पूर्वाधार विकास,शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,रोजगारी सिर्जनामा सरकार केन्द्रित रहने बताए।

शाह पुस २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले विश्वासको मत लिन बाँकी छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.