नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रको जारी पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचन, पार्टीको सांगठनिक गतिविधि र समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ।

काठमाडौं: सत्तारुढ नेकपा मा‌ओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।

 
आजको बैठकमा राष्ट्रपति निर्वाचन, पार्टीको सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

माओवादी केन्द्र आफूले उम्मेदवारी नदिने भएपनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास गरेको छ। तर राष्ट्रिय सहमतिको कुरा गर्दा गर्दै माओवादी नै सत्ताबाट बाहिरने सम्भावना पनि त्यतिकै छ। राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवारको कुरा उठाएर एमालेलाई संशकित बनाएको माओवादी केन्द्रको हातबाट कांग्रेस पनि खुस्किन सक्छ।

हिजो नेपाली कांग्रेसका नेतासँगको छलफलमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले आजको पदाधिकारी बैठकले राष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने बताएका थिए। 

त्यस्तै बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संविधानमा दलको व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनानै नगरिएको बताएका छन्। 

उनले भने, ‘दल विशेषलाई राष्ट्रपति बनाउन सकिँदैन। राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक हो। दलहरुको सिफारिस हुन्छ तर, साझा सहमति बन्न सक्ने व्यक्ति हुनुपर्छ। सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ। दलको क्यान्डिडेटलाई मान्न सकिँदैन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.