दाउरा प्रहार गरी हत्या
दुलेगौँडा: तनहुँको ऋषिङ गाउँपालिका–४ मा सालको दाउरा प्रहारबाट एक जनाको हत्या भएको छ। सन्तबहादुर सुनारले दाउरा प्रहार गर्दा जितबहादुर घिमिरेको मृत्यु भएको हो।
आइतबार भिरकोटस्थित हाईराम विकको घरको पिढीमा बसिरहेका ६१ वर्षका घिमिरेलाई बिहान पौने १० बजे ३९ वर्षका सुनारले दाउरा प्रहार गरी घाइते बनाएका थिए।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घिमिरेलाई टाउको र शरीरका अन्य संवेदनशिल अंगमा प्रहार भएको थियो। घट्ना तत्कालै घिमिरेलाई उपचारका लागि पोखरास्थित चरक मेमोरियल अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो २ बजे मृत्यु भएको हो।
घटनामा संलग्न सन्तबहादुर सुनारलाई नियन्त्रणमा लिई तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।