भक्तपुर नगरपालिका बन्यो उत्कृष्ट

भक्तपुर नगरपालिका बन्यो उत्कृष्ट
सुन्नुहोस्

भक्तपुर : स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा भक्तपुर नगरपालिका जिल्लामा सर्वोत्कृष्ट भएको छ। 

जिल्लाका ४ नगरपालिकामध्ये भक्तपुर नगरले सबैभन्दा बढी अंक प्राप्त गरी जिल्लामा सर्वोत्कृष्ट भएको हो। आर्थिक वर्ष २०७८/७९ मा भक्तपुर नगरपालिकाले समग्र ६१.९ प्रतिशत अंक पाएको जनाइएको छ। 

सो मूल्यांकनमा चाँगुनारायण नगरपालिका दोस्रो भएको छ। नगरपालिकाले ४८.८९ प्रतिशत पाएको जनाइएको छ। 

औसतमा भक्तपुर नगरापलिकाले ६५ प्रतिशत र चाँगुनारायण नगरपालिकाले ४९.२५ प्रतिशत अंक पाएको छ। सरकारले प्रत्येक वर्ष स्थानीय तहको स्वमूल्यांकन गर्ने गरेको छ। 

त्यसका लागि सहकार्य र समन्वय, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सामाजिक समावेशीकरण, भौतिक पूर्वाधार, न्यायिक कार्य सम्पादन, सेवा प्रवाह, वित्तीय एवम् आर्थिक व्यवस्थापन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, संगठन तथा प्रशासन, शासकीय प्रवन्ध गरी १० वटा विषय क्षेत्र निर्धारण गर्दछ। यी क्षेत्रमा प्राप्त गरेको अंकका आधारमा स्थानीय तहको क्षमता मूल्यांकन गर्ने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.