दीक्षित विद्यार्थीको प्रधानमन्त्रीलाई प्रश्न- पढाईअनुसारको रोजगार खोइ?

दीक्षित विद्यार्थीको प्रधानमन्त्रीलाई प्रश्न- पढाईअनुसारको रोजगार खोइ?
सुन्नुहोस्

पोखरा : पोखरा विश्वविद्यालयको १८औं दीक्षान्त समारोहमा सहभागी एक विद्यार्थीले आफूहरूको अध्ययन अनुसार रोजगारको अवसर नभएको भन्दै आक्रोस व्यक्त गरेका छन्। पोखराको लेखनाथमा रहेको पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सोमबार प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल सहभागी भएका थिए। 

प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति दाहालले दीक्षान्त समारोहलाई सम्बोधन गरेर मञ्चतर्फ जाँदै गर्दा दीक्षान्त समारोहमा सहभागी विद्यार्थी आर्दश सुवेदीले देशमा बढ्दो शैक्षिक बेरोजगारको बारेमा प्रश्न गरेका थिए। सुरक्षाकर्मीले रोक्ने प्रयासका बीच पनि उनी बोल्दै थिए। प्रधानमन्त्री मञ्चबाट निस्केर लेखनाथ उद्योग वाणिज्य संघमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रमतर्फ लागेका थिए। 

६ हजार ९ सय ९९ जना विद्यार्थी दीक्षित रहने पोखरा विश्वविद्यालयले जनाएको थियो। सोहीअनुसार विद्यार्थी र विद्यार्थीका अभिभावक, आफन्तसमेत गरेर दीक्षान्त समारोहमा बाक्लो उपस्थिति थियो। दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति समेत उपस्थित रहेकाले आफूले देशको वर्तमान बेरोजगारीको डरलाग्दो पाटो राख्न खोजेको तर प्रधानमन्त्री प्रश्न नै नसुनी हिँडेको अक्सफोड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्ट चितवनबाट अध्ययन पूरा गरेका सुवेदीले बताए। 

आफू र आफूजस्ता विद्यार्थीले भोगेका समस्या सबैको तर्फबाट आफूले प्रधानमन्त्री समस्य राख्न खोज्दा प्रधानमन्त्रीले प्रश्न नै नसुनी हिँडेको उनले गुनासो पोखे। 'हामी आज दीक्षित त भयौं, तर अध्ययन अनुसारको रोजगार खोइ,' उनले प्रश्न गरे। 

अध्ययन पूरा गरेको विद्यार्थीले रोजगार नपाउने र प्रमाणपत्र थन्क्याएर राख्ने अवस्था रहेको भन्दै यसको समाधान हुनुपर्नेमा उनले जोड दिए। गोल्डमेडलिस्ट विद्यार्थीले पनि मेडल र प्रमाणपत्र थन्क्याएर राख्नुपर्ने अवस्था कहिलेसम्म भन्दै उनले आक्रोश व्यक्त गरेका थिए। 

आफू कुनै पार्टीसँग अबद्ध नरहेको बताउँदै उनले विषयगत विज्ञता, अध्ययनअनुसार रोजगारका अवसर नै देशमा नरहेकाले प्रधानमन्त्रीबाट यसको जवाफ चाहेको उनले बताए। जनताको उत्तर दिन नसक्ने हो भने किन प्रधानमन्त्री हुने भन्दै सुवेदीले आक्रोश व्यक्त गर्दैगर्दा दीक्षान्त समारोहमा सहभागी विद्यार्थीले हो मा हो मिलाएका थिए। 

दीक्षान्त समारोहमा सम्बोधनका क्रममा प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति दाहालले विश्वविद्यालयबाट प्राप्त गरेको ज्ञानलाई मुलुकमा उत्पादन रोजगार सिर्जना, शान्ति, स्थिरता र समग्र विकासको क्रमसँग सक्नुपर्ने बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.