टर्कीमा फेरि ६.४ रेक्टर स्केलको भूकम्प
अंकारा : टर्कीमा सोमबार फेरि भूकम्प गएको छ । पछिल्लो भूकम्पमा ३ जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन् ।
६.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । सो भूकम्पको धक्का सिरिया र टर्की दुबै देशमा महसुस गरिएको छ ।
टर्कीको प्रकोप तथा आपतकालीन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८.४४ मा भूकम्प गएको जनाएको छ ।
यो भूकम्प आएपछि फेरि दर्जनौं पटक धक्का महसुस गरिएको थियो । यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । राहतकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन्।
सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ । टर्की प्रशासनले फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पपछि ६ हजार पराकम्पन महसुस गरेको जनाएको छ । बीबीसी