त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलका लागि नेपाली कप्तान रोहित पौडेलले स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएका हुन्।
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत कीर्तिपुरमा जारी त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाली कप्तान रोहित पौडेलले स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएका हुन्।
यसअघि शुक्रबार भएको स्कटल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो। जारी शृंखलामा अपराजित नेपाल आजको खेल जित्दै शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ।
नेपाली टिम :
रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, कुशल मल्ल।