युक्रेनमा थप हतियार पठाउने बाइडेनको प्रतिबद्धता
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गरेका छन्।
ह्वाइट हाउस पुलले जनाएअनुसार उनी उक्त प्रतिबद्धता जनाएर किभबाट फिर्ता भएका हुन्। राष्ट्रपति बाइडेनको किभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ।
पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको किभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ । रासस