चुनाव जितेरै दुई सातापछि कांग्रेसको राष्ट्रपति : शेखर कोइराला
सिन्धुली: नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले अबको दुई सातापछि राष्ट्रपति पद कांग्रेसले पाउने दावी गरेका छन् । मंगलबार सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सके सहमतिमा राष्ट्रपति पद कांग्रेसले लिने नभए जितेर देखाउने ठोकुवा गरे।
‘राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आधिकारिक उम्मेदवार दिने निर्णय गरेको छ । उम्मेदवारी दिएपछि जितेरे देखाउँछ,’उनले भने । राष्ट्रपति निर्वाचनबारे बाहिर जे–जस्तो कुरा आएपनि नेपाली कांग्रेसको उम्मेदवारले जित्नेमा आफू ढुक्क भएको उनले दावी गरे ।
डाक्टर कोइरालाले कांग्रेसमा विचार र सिद्धान्त विस्तारै कमजोर हुँदै गएको बताए । कांग्रेसभित्र अवसरबादीहरूको झुन्डले घेर्ने गरेको आरोप उनको छ।