अव्यवस्‍थित तारले दुर्घटनाको जोखिम

अव्यवस्‍थित तारले दुर्घटनाको जोखिम
बिजुलीको पोलमा लत्रिएका इन्टरनेटका तारहरू। तस्बिर : फणि महत
सुन्नुहोस्

रौतहट : केवल र इन्टरनेटका अव्यवस्थित तारले चन्द्रपुरका मुख्य बजारमा दुर्घटनाका साथै आगलागीको जोखिम बढेको छ । तारका कारण सडक किनारबाट हिँड्ने पैदल यात्री  र साना सवारी साधनले सास्ती खेप्‍नु परेको छ।

राजमार्ग छेउ लत्रिएका इन्टरनेटका तार दुर्घटनाका कारक बन्ने गरेको स्थानीय बताउँछन्।जिल्लाको सदरमुकाम  गौर,गरुडा,शिवनगर,कहटरिया,बजारहरूमा इन्टरनेट तथा केबल टिभी सञ्चालकले  बिजुलीका पोलमा तार झुन्ड्याएका छन् ।

चन्द्रपुर नगरपालिका-५ स्थित विद्युत् पोलमा एक साताअघि आगो लागेको थियो ।इन्टरनेटका तारहरू सर्ट हुँदा त्यहाँ आगो लागेको थियो । बिजुलीको पोलमा इन्टरनेट नेटवर्कले राखेको तार चुँडिएर विद्युतको नांङ्गो तारमा टाँसिएर आगो लाग्ने गरेको स्थानीय बताउँछन् ।

दुई महिनाअघि चन्द्रपुरको मुख्य चोकमा विद्युतको पोलमा झुन्ड्याइएको तारमा आगो लागेको थियो । तत्काल दमकलको सहयताले आगो निभाइएको थियो । बेला बेला तारमा विधुत सर्ट हुँदा तारमा आगो लाग्ने गरेको छ।

इन्टरनेट कम्पनीले पोलमा बाँधेको तार भुइँमा झर्दासमेत वास्ता नगरेको स्थानीयको गुनासो छ । इन्टरनेट,केबल र टेलिकमको पोलबाट लत्रिएका तारले बजार क्षेत्र कुरूप देखिनुका साथै पैदल यात्रु र मोटरसाइकल चालक जोखिममा रहेको चन्द्रपुरका  स्थानीय चुडामणि आचार्यको भनाइ छ ।

पोलमा टाङ्गिएका तार व्यवस्थित नहुँदा तार हल्लिएर नांगो तारमा छुने  र सर्ट भई आगलागीका घटना हुन थालेको विद्युत प्राधिकरण चन्द्रपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताए ।

चन्द्रपुर नगरपालिकाका मेयर सन्जय काफ्लेले विद्युतको पोलमा झुन्ड्याइएका तारले नगरको सुन्दरता नै बिगारेकाले त्यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने बताए ।

तार व्यवस्थित नगर्दा दुर्घटनाको जोखिम उत्तिकै बढेको र व्यवस्थित गर्न अनुरोध गर्ने मेयर काफ्लेको भनाइ छ । बिजुलीका पोलमा दर्जनौं कम्पनीका तारैतार हुँदा सर्ट भइ आगलागी हुँदा नजिकैको घरमा पनि सल्किने जोखिम रहेको चन्द्रपुर-४ का वडाअध्यक्ष रवि रानामगर बताए।

इन्टरनेट सेवाप्रदायक कम्पनीले राखेको प्रतिबक्स ६ सयका दरले र प्रतिकिलोमिटर ७ हजारका दरले विधुत प्राधिकरणले बिजुलीका पोलको भाडा वापतको रकम लिने गरेको छ ।

तार टागे बापत इन्टरनेट सेवाप्रदायक कम्पनीले विधुत प्राधिकरणलाई तोकिएको भाडा तिर्ने गरेको विधुत प्राधिकरण चन्द्रपुर शाखाले जनाएको छ ।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.