सिरियामा भग्नावशेषबाट जिवितै उद्धार गरिएकी शिशुको जिम्मा काका काकीले लिए

सिरियामा भग्नावशेषबाट जिवितै उद्धार गरिएकी शिशुको जिम्मा काका काकीले लिए
सुन्नुहोस्

काठमाडौं : सिरियामा भूकम्पको भग्नावशेषबाट जिवितै उद्दार गरिएकी शिशुको जिम्मा उनका काका काकीले लिएका छन्। डीएनए परीक्षणबाट काका काकी नातेदार पुष्टि भएपछि अस्पतालले जिम्मा लगाएको हो।

शिशु र काकीको डीएनए परीक्षण गरिएको थियो।

भूकम्पले भत्किएको घरभित्र जन्मेकी नवजात शिशुको जिम्मा लिन हजारौं इच्छुक देखिएका थिए। तर,अस्पतालले शिशुका आफन्त नआएसम्म कसैलाई नदिने बताएको थियो।

सिरियाको अलेप्पो प्रान्तको अफ्रिन भन्ने सहरमा उद्दारकर्मीहरूले ती शिशुलाई आमाको गर्भनालयमा जोडिएको अवस्थामा फेला पारेका थिए। ती शिशुको नाम अफ्रा राखिएको छ। उद्दारकर्मीहरूले भने आया राखेका थिए। जसको अर्थ अरबीमा चमत्कार हो।

उद्धारकर्ताहरूले भग्नावशेषबाट निकालेको भीडीयो सामाजिक सञ्चालमा भाइरल भएपछि हजारौं मानिसले उनको पालनपोषणको जिम्मा लिन इच्छा देखाएका छन्।

भूकम्पमा परेर आयाका आमा बाबु र ४ जना दाजुभाइ र एक काकीको मृत्यु भएको  थियो। भूकम्पले भत्केको घरभित्रै आयालाई जन्म दिएपछि उनकी आमाको मृत्यु भएको छिमेकीले बताएका छन्। अस्पताल पुर्‍याउँदा उनको अवस्था नाजुक थियो।

हाल शिशुको स्वास्‍थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।  

शिशु जिम्मा लिँदै खलील सावदीले भनेका छन् 'यिनी मेरो सन्तानमध्ये एक हुन्। यिनी र मेरा छोराछोरीमा भेदभाव गर्दिनँ।' उनले शिशु आफूसँग रहनुमा खास महत्व हुने बताएका छन्।

'यो शिशु हाम्रो लागि धेरै महत्त्वपूर्ण छ किनभने योबाहेक उनको परिवारमा कोही बाँकी छैन,'सावदीले रोयटर्स समाचार एजेन्सीलाई भनेका छन्,' यिनी भूकम्पमा ज्यान गुमाएका सबै आफन्तको सम्झना हुनेछिन्।'

दु:खको कुरा यो छ कि सावदीको घर पनि भूकम्पले ध्वस्त बनाएको  छ। हाल उनीहरू आफन्तसँगै बस्दै आएका  छन्। भूकम्प गएको तीन दिनपछि जिवितै उद्दार गरिएकी छोरीलाई स्वागत गर्न पाउँदा दुवैजना खुसी छन्। 

भूकम्पमा परी सिरिया र टर्कीमा ४५ हजार बढिले ज्यान गुमाएका  छन्। सोमबार राती टर्कीमा फेरि भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ भने करिब ३०० जनाको घाइते भएको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.