संसदलाई प्रेसमैत्री बनाउन भूमिका खेल्छु : उपसभामुख न्यौपाने

संसदलाई प्रेसमैत्री बनाउन भूमिका खेल्छु : उपसभामुख न्यौपाने
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेश सभाकी उपसभामुख यशोदा न्यौपाने(पूर्णिमा)ले प्रदेश संसदलाई प्रेसमैत्री बनाउन भूमिका खेल्ने बताएकी छन्। 

मंगलबार सुर्खेत स्थित क्रियाशील पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उपसभामुख न्यौपानेले नीति निर्माण र जनजीविकाका सवालहरूमा छलफल हुने थलो संसदलाई प्रेसमैत्री बनाउनका लागि आफूले सक्दो भूमिका खेल्ने बताएकी हुन्। 

उनले अहिले आफूरुले संसदलाई कसरी प्रभावकारी रुपमा संचालन गर्ने भन्ने विषयमा अध्ययनमा रहेको बताउँदै संसदका सूचनाहरू पाउन पत्रकारहरूलाई समस्या रहेको आफूलाई जानकारी भएकाले त्यसलाई समाधान गरी सूचनामैत्री संसद बनाउनका लागि समन्वय गर्ने बताइन्। 

उनले भनिन्, 'अहिलेको सभामुख पनि निकै मेहनती, परिवर्तनकारी र ऊर्जाशील हुनुहुन्छ। उत्कृष्ट कार्यसम्पादनका लागि सबैको सुझाव उहाँले पक्का लिनुहुनेछ। यसमा संसदमा गएर सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउनका लागि म सभामुख ज्यूसँग छलफल गर्छु।'

पत्रकारहरूले उपसभामुखसँग विगतमा संसदको रिपोर्टिङ गर्न जाँदा पत्रकारहरूले डायरी, कलम, मोबाईल र क्यामेरा बाहिर राख्नुपर्ने, पत्रकारहरू बस्ने सिटहरूमा सांसदका आसेपासे गमक्क बसेर समस्या पार्ने, संसदमा भएका कुराहरू बोल्न नमान्ने, फोन नउठाउने, संसदको भिडियो लिन दुई दिन कुर्नुपर्ने जस्ता समस्याहरू दर्शाएपछि उपसभामुख न्यौपानेले गितका समस्याहरूलाई क्रमिक रूपमा सुधार गर्दै पत्रकारहरूलाई सहज बनाउने बताइन्। 

उपसभामुख न्यौपानेले कर्णालीमा संसदको नेतृत्व महिलाहरूको भयो भनेर खुसीयाली बनाउने मात्र नभई महिलाहरूको नेतृत्व स्थापित गर्न आफूहरूलाई चुनौती रहेको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.