माधव नेपाल राष्ट्रपति बनाइए भने...

माधव नेपाल राष्ट्रपति बनाइए भने...
सुन्नुहोस्

उनै नेपाल एमालेमा १५ वर्ष महासचिव भएका व्यक्ति हुन्। एमालेमा उनीप्रति लिगेसी पनि छ।

काठमाडौं : एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा समाहित गर्ने योजना बनाइरहेका छन् पुष्पकमल दाहाल 'प्रचण्ड'। तर, माधवकुमार नेपाल राष्ट्रपति बनाइए भने उनको पार्टी एमालेमा समाहित हुनेछ। त्यससँगै गठबन्धन तोडेर कांग्रेससँग मिल्न खोजेकामा प्रचण्डले छुट्कारा पाउने छैनन्। त्यसको रिस फेर्न एमाले प्रचण्डलाई ढाल्ने खेलमा लाग्नेछ।

अर्कातर्फ संविधानको धारा ७६ (३)मा जान एमालेलाई बाटोसमेत खुल्न सक्छ। त्यो भनेको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने अवस्था हो।   

नेपालको नाम राष्ट्रपति उम्मेदवारमा एकाएक अघि आएको छ। ओली र नेपालबीच सोमबार बेलुका ८ः३० देखि आधा रातसम्म भेटवार्ता चलेको थियो। ओलीले नेपालसँग वार्ता गरी राष्ट्रपतिमा प्रस्ताव गरेका हुन्। उनले एमालेमा एकीकृत समाजवादीलाई समाहित गरे राष्ट्रपति दिने बचन नेपाललाई दिए। उनै नेपाल एमालेमा १५ वर्ष महासचिव भएका व्यक्ति हुन्। एमालेमा उनीप्रति लिगेसी पनि छ। एमाले पंक्तिमै यसलाई सकारात्मक रूपमा लिएको नेताहरू बताउँछन्। 

कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने अवस्थामा पुगेका प्रचण्डलाई नेपालको नामले अप्ठ्यारो पारेको छ। माओवादी र कांग्रेस नआउँदा पनि एमाले, रास्वपा, राप्रपाले साथ दिए नेपाल राष्ट्रपति बन्न सक्छन्। 

राजनीतिक विश्लेषक डम्बर खतिवडा ओलीले साँच्चिकै प्रस्ताव गरे नेपाल राष्ट्रपति हुने सम्भावना नकार्न नसकिने बताउँछन्। ‘केपी शर्मा ओलीले सम्मानपूर्वक माधवकुमार नेपालको नाम प्रस्ताव गर्नुभयो भने यो असम्भव भने छैन’, खतिवडा भन्छन्, ‘साँच्चिकै प्रस्ताव हो भने नेपालका लागि उपयुक्त नै देखिन्छ। नेपालको लागि यो अवसर नै हुन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.