बिनाकसूर ८ वर्ष जेल

पीडितद्वारा क्षतिपूर्तिको माग

बिनाकसूर ८ वर्ष जेल
राधिका चन्द
सुन्नुहोस्

तत्कालीन माओवादीले थालेको शसस्त्र युद्धमा लागेको भन्दै २०५७ सालमा सुर्खेतको घुमखहरेबाट उनलाई पक्राउ गरी तत्कालीन सरकारले राज्यविरुद्धको अपराधमा मुद्दा चलाएर जेल चलान गरेको थियो।

जाजरकोट : बिना कसूर ८ वर्ष जेल सजाय दिएको भन्दै भेरी नगरपालिका–६ की राधिका चन्दले सरकारसँग क्षतिपूर्ति माग गरेकी छन्। तत्कालीन माओवादीले थालेको शसस्त्र युद्धमा लागेको भन्दै २०५७ सालमा सुर्खेतको घुमखहरेबाट उनलाई पक्राउ गरी तत्कालीन सरकारले राज्यविरुद्धको अपराधमा मुद्दा चलाएर जेल चलान गरेको थियो।

८ वर्षपछि २०६५ सालमा जिल्ला अदालत सुर्खेतले उनलाई सफाइ दियो। अदालतको आदेशले जेलमुक्त भएको १४ वर्ष बित्तिसक्दा पनि राधिकालाई १० दिनसम्म प्रहरीले हिरासतमा राखेर दिएको चरम यातनाको पीडाले अहिले पनि सताउने गरेको छ। त्यतिबेला उनी १३ वर्षकी मात्र थिइन्। ८ वर्ष २ महिना ५ दिनसम्म बन्दी भएर कारागारमा भोग्नुपरेको पीडाले अहिले पनि सताउने गरेको उनको भनाइ छ। 

हिरासत र कारागारभित्र आफूले भोग्नुपरेको पीडालाई सम्झेर राधिका अहिले पनि बेला–बेलामा झस्किने तथा बर्बराउने गर्छिन्। राधिका यतिबेला न्यायको खोजीमा अदालतको ढोका ढक्ढक्याउने संकल्प गरेकी छन्। जाहेरीवालाको मागदाबीलाई अदालतले खारेजी गरेको आधिकारिक प्रमाणमा रहेर राधिकाले बिनाकसूर आफूले ८ वर्ष जेल जीवन बिताएकाले क्षतिपूर्ति सरकारले दिनुपर्ने दाबी गरेकी छन्।

२०५७ सालमा आफू १३ वर्षको नाबालिका भएको बताउँदै राधिकाले १३ वर्षको नाबालिकालाई राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ को दफा ३, २ र ३, ४ ले गरेको व्यवस्था अनुसारको सजायको मागदावी राखी जेल सजाय दिन पाइने कुनै पनि कानुनी सुविधा नभएको जिकिर गरेकी छन्। प्रहरी सहायक निरीक्षक सुरेन्द्र केसीको जाहेरीले राज्यविरुद्धको अपराध मुद्दा लगाइसकेपछि ८ वर्ष २ महिना ५ दिन कारागारमा बन्दी बनाएर अनुसन्धान गरिएको थियो।

राधिकाले भनिन्, ‘जिल्ला कारागारामा ८ वर्ष २ महिना ५ दिनसम्म बन्दी बनाएर प्रहरीले लिएको बयान तथा गरेको अनुसन्धानबाट राज्यविरुद्धको अपराधमा संलग्न भएको आधिकारिक प्रमाण जुट्न नसकेपछि जिल्ला अदालतले मलाई २०६५ साल असार १८ गते सफाइ दिएको थियो।’ 

जेलमुक्त भए लगत्तै हालको भेरी नगरपालिका–६ गंगटियाका युद्धवीर सिंहसँग विवाह गरेकी थिइन्। उनका एक छोरी र एक छोरा छन्। उनको परिवार अहिले भेरी नगरपालिका–३ मा अस्थायी बसोबास गर्दै आएको छ। अहिले राधिका ३५ वर्षकी भइन्।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.