राष्ट्रपतिबारे निर्णायक छलफलमा ओली-प्रचण्ड, भेटवार्ता जारी

राष्ट्रपतिबारे निर्णायक छलफलमा ओली-प्रचण्ड, भेटवार्ता जारी
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता  सुरु भएको छ। बुधबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवारबारे थप छलफल गर्न ओली प्रधानमन्त्रीनिवास बालुवाटारमा पुगेका हुन्।

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारको विषयमा प्रचण्ड र ओलीबीच विभिन्न चरणमा छलफल भइरहेको छ। सत्ता साझेदार राप्रपा र रास्वपाले समेत पूर्वसहमति अनुसार एमालेको उम्मेदवार राष्ट्रपति बनाउनुपर्ने तर्क प्रचण्डसमक्ष गर्दै आएका छन् ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेबाट राष्ट्रपति बनाउने ‘भद्र’ सहमति भएपनि माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै एमालेलाई सहयोग नगर्ने संकेत दिएको छ। राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति छनोट हुनुपर्ने माओवादीका नेताहरुले बताउन थालेपछि वर्तमान गठबन्धन टुट्न सक्ने संशय पनि रहेको छ।

पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएपछि राजनीतिले नयाँ मोड लिएको थियो। कांग्रेसले विश्वास मत दिएपछि प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका अधिकांश नेताहरूले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने सार्वजनिक रुपमा बोल्न थालेका छन्।
माओवादी केन्द्रको पदाधिकारी बैठकले ‘स्वार्थ मिल्ने’सँग सहकार्य गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ। null

एमाले नेताहरु भने एमालेको उम्मेदवार राष्ट्रपति बन्ने यस अगाडि नै सहमति भएको अभिव्यक्ति निरन्तर दिइरहेका छन्। ओलीले राष्ट्रपति अन्य पार्टीलाई नछाड्ने अडान दोहोर्‍याइ रहेका छन्। प्रचण्डसँगको यस अगाडिको भेटमा ओलीले पूर्वसहमति अनुसार नै राष्ट्रपति चयन हुनुपर्ने धारणा राखेका हुन्।एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति हुने दाबी गर्दै आएका छन्। उनले माओवादीप्रति शंका-उपशंका गर्नु नपर्ने धारणा राख्दै आएका छन्। 

राष्ट्रपति निर्वाचनको मिति नजिकिन थालेपछि नेताहरुले छलफल तीब्र बनाएका हुन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा छलफल गर्न खोजेपछि आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता बालुवाटार पुगेका थिए। ओलीसँगको भेट्नु अगाडि आज बिहान पनि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतसँग भेटवार्ता भएको थियो। राजदूत सोङले राष्ट्रपति निर्वाचनबारे चासो राखेका थिए।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि उनी कांग्रेसतिर ढल्किइरहेका छन्। राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरिरहेको छ। राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको मतभार निर्णायक छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.