मानव बेचबिखनको 'ट्रान्जिट प्वाइन्ट' बन्दै वीरगन्ज नाका

मानव बेचबिखनको 'ट्रान्जिट प्वाइन्ट' बन्दै वीरगन्ज नाका
सुन्नुहोस्

वीरगन्ज: नेपालको अन्तर्राष्ट्रिय व्यपारको मुख्य नाका हो वीरगञ्ज। नेपालको आयात निर्यात पनि यही नाकाबाट धेरै हुने गरेको छ। चोरी निकासी र लागुऔषध ओसारपसार पनि यही नाकाबाट धेरै हुने गरेको छ। योसँगै अहिले मानव बेचबिखनको ट्रान्जिट वीरगञ्ज नाका नै हुन थालेको छ। 

वीरगन्ज नाका हुदै  हराएका र नाकाबाट उद्धार गरिएका नागरिकको विवरणसहित प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले वीरगञ्ज मानव बेचबिखनको ट्रान्जिट प्वाइन्ट बन्दै गएको पुष्टि गर्छ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आर्थिक वर्ष २०७७/०७८ मा ६५ जना महिला, ३१ जना बालक, ९३ बालिका र ७ जना जेष्ठ नागरिक गरी १९६ जना हराएको उजुरी परेको थियो। तीमध्ये ६१ महिला, २९ बालक, ९० बालिका र ७ जना जेष्ठ नागरिक गरी १८७ जना मात्र फेला परेको पर्साका प्रहरी प्रवक्ता नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

विभिन्न प्रलोभनमा पारेर सिमा नाका भएर बेचबिखनमा परेका ८५ जना महिला, २२ बालिका र १ गरी कुल १०८ जनालाई प्रहरीले उद्धार गरेको पनि गिरिले जानकारी दिए।
  
गत आर्थिक वर्ष २०७८/०७९ मा भने जिल्ला प्रहरी कार्यालय पर्सामा १०८ महिला, १३३ बालिका, ४५ बालक र ४ जेष्ठ नागरिक गरी कुल २९० जना हराएको उजुरी दर्ता भएको थियो।

तीमध्ये १०५ महिला, १०८ बालिका, ४३ बालक र ३ जेष्ठ नागरिक गरी कुल २५९ जना फेला परेको प्रहरी तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षमै विभिन्न प्रलोभनमा परेर सिमापार बेचबिखनमा परेकाहरु मध्ये १११ महिला, ४१ बालिका र ३८ बालक गरी १९० जनालाई भारतको विभिन्न स्थानबाट उद्धार गरिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
 
चालु आर्थिक वर्ष २०७९/०८० को पछिल्लो ६ महिना (साउनदेखि पुषसम्म)मा मात्रै भारतका विभिन्न स्थानबाट ५९ महिला र १४ बालिका गरी कुल ७३ जनालाई उद्धार  गरी नेपाल फर्काइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

प्रहरीको यो तथ्याङकले पनि वीरगन्ज नाका हुँदै बालबालिका, किशोरकिशोरी तथा महिलाहरु रोजगारी वा अन्य प्रलोभनमा परेर बेचिने क्रम बढ्दो रहेको पुष्टि भएको हो।
  
मानव तस्करहरुले भारत वा अन्य मुलुकमा बेचबिखन गर्ने उद्देश्य राखेर युवती र किशोरीहरूसँग आफैं विवाह गरेर सीमा पार गराउदै आएको तथ्य पनि बाहिर आएको छ। सीमा पार गराएपछि भारतको दिल्ली, मुम्बइ लगायतका ठुला शहरमा पुर्‍याएर ती युवती र किशोरीलाई बेचबिखन गरि श्रमशोषण गर्नुका साथै जबरजस्ती अनैतिक कार्यमा लगाउने गरिएको पनि पाईएको मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी सस्थाका प्रतिनिधिहरू बताउँछन्।
 
वीरगञ्जमा संरक्षण नेपालले आयोजना गरेको मधेस प्रदेश क्रस बोर्डर विषयक अन्तक्रिया कार्यक्रममा सहभागी सरोकारवाला संस्थाका प्रतिनिधिहरुले वीरगन्ज नाकाबाट मानव बेचबिखनको घटनामा वृद्धि भएको बताए। 

बेचबिखनविरुद्ध दुवै देशको ऐनमै प्रभावकारी व्यवस्था नभएसम्म उद्धारमा समस्या हुने गरेकझ छ। खुला सीमाको अनुचित फाईदा उठाउदै धेरै नेपाली बालबालिका, किशोरी र महिलासँगै  पुरुषहरु पनि बेचबिखनमा पर्ने गरेको पाइएको छ। 

भारत बिहारको जिल्ला बाल संरक्षण कार्यालय मोतीहारीकी सहायक निर्देशक ममता झाले विभिन्न बाहना र प्रलोभनमा पारेर भारतमा पुर्‍याइएका नेपालीलाई संघसंस्थाले उद्धारको प्रयास गरिरहेको भएपनि दुवै देशको नीति र ऐननै उद्धारको बाधक भएको बताइन्। 

माईती नेपाल वीरगन्जकी गोमा पौडेलले भारतमा बेचबिखनमा परेका नेपालीलाई उद्धार  गरी फर्काउन केही हदसम्म सजिलो भएपनि नेपालमा विभिन्न बाहनामा ल्याईएका भारतीय बालबालिका, किशोरकिशोरी र महिलालाई नेपालबाट उद्धार गर्न कठिन हुने बताइन्। 

पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले मानबेचबिखनविरुद्धको अभियानमा दुई देशबीचको कानुनी जटिलता नै मुख्य बाधक भएको बताए। उनले मानव तस्करले विभिन्न बाहना र प्रलोभनमा पारेर नेपालबाट भारतमा बालबालिका, किशोरकिशोरी, युवती र महिलालाई लगेर त्यहाँका आर्केष्टा, यौन व्यवसाय, होटल, नेटवर्किङ मार्केटलगायतमा काम लगाएर श्रमशोषण र यौनशोषण गर्ने गरेको पाइएको उनले बताए। मानव बेचबिखनविरुद्धको अभियानमा लागेका दुवै देशका संस्थासंस्थाबीच होडबाजी गर्नुभन्दा एउटै छाता संगठनको निर्माण गर्न आवश्यक रहेको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.