कर्णालीमा नमुना युवा संसदको अभ्यास
वीरेन्द्रनगर: कर्णालीका युवालाई नमुना युवा संसद अभ्यास प्रशिक्षण प्रशिक्षक तालिम दिन थालिएको छ। नेपालको संसदीय अभ्यासमा हुने विषय स्थानीय, प्रदेश सभा र संघीय संसदमा हुने संसदीय अभ्यासको नमुना युवालाई सिकाइँदैछ।
यो अभ्यासमा कालीकोट, दैलेख, जाजरकोट, जुम्ला, रुकुमपश्चिम र सुर्खेतका २५ जना युवाको सहभागिता छ। लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीका विषयमा युवालाई जानकारी दिदै राजनीतिक तथा सामाजिक आन्दोलनमा युवा सहभागितालाई सकारात्मक प्रभाव पर्ने र राजनीतिक रुपमा युवाको सक्रियता बढाउने नमुना युवा संसदको लक्ष्य छ।
युरोपियन युनियनको आर्थिक सहयोग, प्लान इन्टरनेश्नल नेपाल र दलितमहिला संघ (फेडो) नेपालको साझेदारीमा सञ्चालित हाम्रो आवाज हाम्रो रोजाई परियोजना अन्तर्गत नमुना युवा संसद अभ्यास प्रशिक्षण दिइँदैछ।
प्रतिक्रिया दिनुहोस !
१